इ–रिक्सा चलाएर आत्मनिर्भर बन्दै महिला

कञ्चनपुर– यहाँको शुक्लाफाँटा नगरपालिका–१० बञ्जरीयाकी ३२ वर्षीया धनमती महराले विद्युतीय इ–रिक्सा चलाएर परिवारको खर्च धान्दै आएकी छन् । इ–रिक्सा चलाएर उनले मासिक ३५ हजार बढी आम्दानी गर्छिन्। घरको आर्थिक अवस्था कमजोर हुँदा गाउँकै समूहबाट दुई लाख ऋण लिएर इ–रिक्सा खरिद गरी चलाउन थालेकी हुन् । समूहबाट लिएको ऋण महराले पाँच महिनामै चुक्ता गरेकी छन् । […]