स्वास्थ्य मन्त्री डा. शर्मा र डब्लुएचओ महानिर्देशक डा. टेड्रोसबीच भेटवार्ता : स्वास्थ्य प्रणालीलाई प्रभावकारी बनाउन सहयोग गर्ने आश्वासन

विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोसले नेपालको स्वास्थ्य क्षेत्रमा देखिएको उच्च प्राथमिकता र प्रतिबद्धताको प्रशंसा गर्दै सरकारले अघि सारेका सुधार प्रयासहरू सकारात्मक दिशामा रहेको बताउनुभयो। उहाँले नेपालको स्वास्थ्य प्रणालीलाई थप प्रभावकारी, पहुँचयोग्य र गुणस्तरीय बनाउन डब्लुएचओको तर्फबाट निरन्तर प्राविधिक तथा रणनीतिक सहयोग उपलब्ध गराइने आश्वासन दिए।