पुसको उत्तरार्धतिर कठ्यांग्रिँदो जाडोमा पनि दाङका अधिकांश गाउँमा झिसमिसेदेखि ढिकीको आवाज गुन्जिरहन्छ। मुटु काम्ने जाडोमा पनि कोही किन यसरी बिहानैदेखि खटिइरहन्छन्? यो स्वाभाविक जिज्ञासाको जवाफ हो- माघ भित्र्याउने चटारो। अबको एक सातामा थारू समुदायको महान् पर्व ‘माघ’ मनाइन्छ। यो थारू समुदायको नयाँ वर्ष पनि हो। यही नयाँ वर्ष भित्र्याउन थारूका घरआँगन सबेरैदेखि जागा हुन्छन्। कोही […]