काठमाडौं– निर्वाचन आयोगले रूपन्देही–३ मा हुने भनिएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचन रद्द गरेको छ । आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले सोमबार प्रेस विज्ञप्ति जारी गरेर उपनिर्वाचन रद्द गरिएको जानकारी दिएका हुन् । आयोगले रूपन्देही–३ मा आगामी कात्तिक १७ गते प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मिति तय गरेको थियो । आयोगले उपनिर्वाचनका कार्यतालिका समेत प्रकाशित गरिसकेको थियो । […]