२३ फागुनमा सुर्खेतका ६ जना व्यक्ति सिकार खेल्न बर्दिया राष्ट्रिय निकुञ्जमा प्रवेश गरे । जिल्लाको बराहताल गाउँपालिका–१, का पाँच र लेकवेशी नगरपारिकाल–८, का एक गरी ६ जना भरुवा बन्दुक र आवश्यक घरेलु हातहतियारसँगै बास बस्ने गरी झण्डै १७ किलोमिटर दूरी पार गरेर सिकारका लागि निकुञ्जमा प्रवेश गरेका थिए ।