कर छली र भन्सार प्रकरणमा बीवाईडीमाथि अनुसन्धान तीव्र, उच्च तहको संलग्नताबारे छानबिन

कर छली र भन्सार जाँचपास प्रक्रियासँग जोडिएको विवादमा साइमेक्स इंक प्रालिमाथि अनुसन्धान तीव्र बनेको छ । बजेटअघि ठूलो संख्यामा विद्युतीय सवारीसाधन (बीवाईडी) जाँचपास भएको घटनापछि कम्पनी र यसका सञ्चालक यमुना श्रेष्ठले उन्मुक्ति पाउने सम्भावना न्यून देखिएको स्रोतहरूले जनाएका छन् । विद्युतीय सवारीसाधन आयातमा बजेटमार्फत कर संरचना परिवर्तन हुनुअघि अस्वाभाविक रूपमा ठूलो परिमाणमा गाडी जाँचपास भएको […]