काठमाडौं– कोशी प्रदेशमा आर्थिक वर्ष ०८२/८३ अन्तर्गत सञ्चालित स्वास्थ्य कार्यक्रमहरूको अर्धवार्षिक समीक्षा सुरु गरिएको छ । स्वास्थ्य निर्देशनालय धनकुटाद्वारा विराटनगरमा आयोजित प्रदेशस्तरीय समीक्षा गोष्ठीमा १४ जिल्लाका स्वास्थ्य कार्यालय, अस्पताल तथा आयुर्वेद केन्द्रहरूले गरेका काम, उपलब्धि र चुनौतीबारे विस्तृत छलफल हुने जनाइएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेशका स्वास्थ्य मन्त्री मानबहादुर लिम्बुले हरेक योजनालाई परिणाममुखी […]