नेपालमा न्युरोसर्जरीको सुरुवात गर्ने डा दिनेशनाथ गोंगलको निधन
नेपालमा न्युरोसर्जरी सेवाको सुरुवात गर्ने श्रेय पाएका वरिष्ठ चिकित्सक डा दिनेशनाथ गोंगलको ९२ वर्षको उमेरमा निधन भएको छ। उनको आफ्नै घरमा मंगलबार बिहान निधन भएको उनीसँग निकट रहेका न्युरोलोजिस्ट डा प्रकाश विष्टले जानकारी दिए।