कुवेतमा इरानी आक्रमणमा एक नेपालीको मृत्यु

उत्तरी कुवेतमा भएको आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु भएको पुष्टि भएको छ। परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै घटनामा एक नेपालीको ज्यान गएको जानकारी दिएको हो। मन्त्रालयका अनुसार मृतकको पहिचान तथा घटनाको आधिकारिक विवरण संकलन गर्न कुवेतस्थित नेपाली राजदूतावासलाई तत्काल आवश्यक समन्वय गर्न निर्देशन दिइएको छ। परराष्ट्र मन्त्रालयले राजदूतावासले कुवेतका सम्बन्धित सरकारी निकाय तथा […]