काठमाडौं – केन्द्रीय बैंकमा गभर्नर नियुक्तिमा दलीय रस्साकस्सी चलिरहँदा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले गत मंगलबार भनिदिए, ‘गभर्नर नियुक्ति ओली (प्रधानमन्त्री तथा एमाले अध्यक्ष)का कारण रोकिएको होइन, काङ्ग्रेसलाई दिने सहमति भइसकेको छ ।’ सर्सती सुन्दा देउवाको अभिव्यक्ति सत्तामा रहँदा आफ्ना कार्यकर्तालाई मालदार निकायमा भर्ती गर्ने गरेका दलका हकमा सामान्य लाग्थ्यो । तर, नेपाल राष्ट्र बैंकजस्तो […]