आज नेपाली जनताले नै ल्याएको भनिएको गणतन्त्र जोगाउन हम्मेहम्मे छ । किन कि तीन दशकमा पटकपटक सरकार फेरिए । संविधान पनि बन्यो तर नागरिकको दैनिकीमा स्थायित्व आएन । यसको मूल कारण शासन प्रणालीभन्दा पनि राजनीतिक संरचनाको अस्पष्टता हो । देशमा राजनीतिक दल धेरै छन् । तर तिनीहरूमा वैचारिक स्पष्टता छैन । देशमा बारम्बार निर्वाचन हुन्छ […]