निर्वाचन आयोगले मान्यता दिएन भने देशभर आन्दोलन हुन्छ : पूर्णबहादुर खड्का

काठमाडौँ। शेरबहादुर देउवा पक्षको नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगले आफूहरूलाई मान्यता नदिए देशभर आन्दोलन गर्ने चेतावनी दिएका छन्। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा खड्काले यस्तो बताएका हुन्। नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापाको सभापतित्वमा पदाधिकारी चयन भइसकेको छ। यो समूहले सनाखत तथा अद्यावधिक गर्न भनी निर्वाचन आयोगमा दस्ताबेज बुझाइसकेको छ। […]