ललितपुरकाे एक ग्यास उद्योगमा लुकाएकाे अवस्थामा ६ हजार ग्यास सिलिन्डर भेटियो, उद्योगलाई ३ लाख जरिवाना

काठमाडाैं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले श्रीराम ग्यास उद्योगको ललितपुर हरिसिद्धिको गोदाममा भण्डारण गरिराखेको अवस्थामा ६ हजार ३ सय ७७ वटा ग्यास सिलिन्डर फेला पारेको छ । ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने उद्देश्यले भण्डारण गरेको अवस्थामा विभागको अनुगमन टोलीले साेमबार ग्यास सिलिन्डर फेला पारेको हो । विभागले साेही उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना […]