पश्चिमी र स्थानीय वायुको प्रभाव: उच्च पहाडी र हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ– नेपालमा हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावले पहाडी तथा हिमाली भूभागमा बदली भएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी प्रदेशका पहाडी भूभागलगायत देशका हिमाली क्षेत्रमा साधारणतया बदली रहने महाशाखाले जनाएको छ। बाँकी पहाडी भूभागमा आंशिक बदली हुने र […]