राष्ट्रिय लिगमा त्रिभुवन आर्मीको श्री भगवतीमाथि जीत

काठमाडौं– काठमाडौंमा जारी राष्ट्रिय लिगमा त्रिभुवन आर्मी क्लबले श्री भगवती क्लबलाई पराजित गरेको छ । आइतबार त्रिपुरेश्वरस्थीत दशरथ रंगशालामा भएको खेलमा आर्मीले श्री भगवतीलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । आर्मीको जितमा जिलेस्पी जंग कार्कीले एक तथा नवयुग श्रेष्ठले दुई गोल गरेका थिए ।  श्री भगवतीका तर्फबाट एकमात्र गोल अजित लामाले गरेका थिए । […]