बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेड र भारतको अग्रणी तथा अन्तरराष्ट्रियस्तरमा स्थापित होटल लेमन ट्री होटल्स लिमिटेडबीच होटल सञ्चालनको लागि १५ वर्षे फ्रेन्चाइजी तथा व्यवस्थापन सम्झौता भएको छ । बन्दीपुर केवलकारको तर्फबाट इन्जिनियर विष्णु पन्थी र लेमन ट्रीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विलास पवारले आज यहाँ आयोजित समारोहमा सम्झौतामा हस्ताक्षर गरे। कार्यक्रममा बन्दीपुर केवलकारका अध्यक्ष रामचन्द्र […]