खसोखास क्यामेरामा न्यूयोर्क सिटी मेयर मामदानीको ऐतिहासिक शपथग्रहण (फोटो फिचर)

जनवरी १, २०२६ मा हिमपातपछि चिसो तापक्रमका बाबजुत म्यानह्याटनमा हजारौं न्यूयोर्कवासीहरू इतिहासको साक्षी बन्न जम्मा भए। ३४ वर्षीय डेमोक्र्याटिक सोसलिस्ट जोहरान मामदानी न्यूयोर्क सिटीको ११२औं मेयरको रूपमा शपथग्रहण गरेपछि यो शहरको पहिलो मुस्लिम, पहिलो दक्षिण एसियाली र एक शताब्दीभन्दा बढी समयपछि सबैभन्दा कान्छो मेयर बनेका छन्। आधिकारिक सत्ता हस्तान्तरण मध्यरातपछि सुरु भयो, पुरानो सिटी हल […]