काठमाडौँ। सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले एक करोड एक लाख रुपैयाँ सहयोग गरेको छ। सिद्धार्थले सामाजिक उत्तरदायित्वअन्तर्गत कोषलाई रकम उपलब्ध गराएको अर्थ मन्त्रालयका सहसचिव टंकप्रसाद पाण्डेयले जानकारी दिए। सिद्धार्थ इन्स्योरेन्सका अध्यक्ष सुरेशलाल श्रेष्ठले सोमबार अर्थमन्त्री रामेश्वर खनाललाई चेक हस्तान्तरण गरेका हुन्। सरकारले गत २३ र २४ भदौको आन्दोलनका क्रममा […]