काठमाडौं– शिवम् सिमेन्टले जेन-जी आम्दोलन पश्चात काठमाडौंमा भएको आगजनी तथा तोडफोडबाट भएको फोहोरमैला सरसफाइ थालेको छ । कम्पनीले आइतबार जिल्ला प्रशासन कार्यालय, काठमाडौंसँग समन्वय गर्दै जिल्ला प्रशासन कार्यालय सरसफाइ गर्नुका साथै आवश्यक फर्निचर समेत सहयोग गरेको छ । कम्पनीका अनुसार, वर्तमान विषम् परिस्थितिमा आवश्यक सहयोग र श्रमदान प्रदान गर्दै सरसफाइ कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।