काठमाडौँ। निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेको आरोपमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव ऋषि कट्टेललाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले कट्टेललाई आज (बुधबार) कीर्तिपुरबाट पक्राउ गरिएको जानकारी दिए। हालसम्म कट्टेलसँगै निर्वाचनविरोधी गतिविधिमा लागेको आरोपमा चार जनालाई पक्राउ गरिएको पनि उनले बताए। उनका अनुसार मंगलबार राति नेपाल […]