अमेरिकामा नेपाली छवि धमिल्याउने राजा महेन्द्र र भेषबहादुरको नाममा

आजको नेपालमा ‘कन्स्पिरेसी थिओरी’ अर्थात् षड्यन्त्रको सिद्धान्तले खुबै बजार पिट्छ। बढी चासो हुने र बिक्री गर्न सजिलो हुने भएर पनि होला। औसत मान्छे मात्र होइन, मै हुँ भन्नेहरू पनि डरलाग्दा षड्यन्त्रकै तानाबानाका बढी कुरा गर्छन्, लेख्छन्, बोल्छन्, पुस्तकसमेत निकाल्छन्। यस्तो लाग्छ– षड्यन्त्रको सिद्धान्त उबेलाका युधीर थापाको उपन्यास जस्तै हो, रमाइलो र मादक काउकुती लगाउने खालको। […]