खेलकुद मन्त्री गुप्ताले दिए पदबाट राजीनामा

काठमाडौं । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले राजीनामा दिनुभएकाे छ। गत कात्तिक ९ गते मन्त्री भएका गुप्ताले साेमबार राजीनामा दिनुभएकाे हाे। पछिल्लो समय उहाँ अमेरिका भ्रमणमा जाने विषय विवादमा परेको थियो । अमेरिका जाने विषयमा विवाद बढेपछि उहाँसँग प्रधानमन्त्री सुशीला कार्की पनि असन्तुष्ट हुनुभएकाे थियाे। राजीनामा बुझाइसकेकाे बताउदै उहाँले साेमबार बिदा भएकाले दर्ता नभएकाे […]