असारसम्म बाँकी सबै लाइसेन्स छाप्ने मुद्रण केन्द्रको तयारी

काठमाडौं- सुरक्षण मुद्रण केन्द्रले यातायात व्यवस्था विभागमा वर्षौदेखि थन्किएका सबै सवारीचालक अनुमति पत्र (लाइसेन्स) छपाई गर्नेगरी तयारी थालेको छ । यतिबेला केन्द्रले कार्तिक १२ गते विभागसँग भएको सम्झौता अनुरुप १२ लाख थान लाइसेन्स छापिरहेको छ । ‘हामीले अहिले जेन–जी आन्दोलनपछि यातायात विभागसँग भएको सम्झौताअनुरुप ब्लकमा रहेका १२ लाख थान अन्तर्गतका लाइसेन्स छपाइ गरिरहेका छौँ ।’ […]