हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले सरकारलाई ३३ बुँदे सुझाव पेश गरेको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत उक्त सुझाव सार्वजनिक गरिएको हो । साम्पाङले देशलाई विदेशी हस्तक्षेपबाट मुक्त राख्नुपर्नेमा जोड दिँदै एमसीसी र एसपीपी जस्ता सैन्य रणनीतिक सम्झौता नगर्न सुझाव दिएका छन्। साथै छिमेकी राष्ट्रहरूसँग नियमित संवाद र निरीक्षण प्रणाली सुदृढ गर्नुपर्ने बताएका छन्। […]