शुक्रबार सबै सरकारी अस्पतालमा ओपिडी सेवा सञ्चालन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज देशभरका सबै सरकारी अस्पतालमा बहिरङ्ग (ओपिडी) सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । यही वैशाख १८, १९ र २० गते लगातार तीन दिन सार्वजनिक बिदा परेका कारण सरकारी अस्पतालमा ओपिडी सेवा प्रभावित हुने र सेवाग्राहीलाई असुविधा हुनसक्ने अवस्था रहेकाले उक्त निर्देशन दिइएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।