चीनले हरित ऊर्जातर्फको रूपान्तरणलाई गति दिएसँगै ऊर्जा भण्डारण बजारमा तीव्र वृद्धि

चीनले हरित ऊर्जाको रुपान्तरणलाई गति दिएसँगै, नयाँ ऊर्जा भण्डारण प्रणालीको माग तीव्र रूपमा बढिरहेको छ । पूर्वी चीनको झेजियाङ प्रान्तस्थित नराडा पावरको उत्पादन केन्द्रमा ठूलो–ठूलो चाँदी–सेतो रङका क्याबिनेटका पङ्क्तिहरू व्यस्त उत्पादनको संकेत दिन्छन् । यी विशाल “पावर बैंक” हरुले हावा र घामबाट उत्पादित विद्युत् भण्डारण गर्छन् र माग उच्च हुने समयमा आपूर्ति गर्न प्रयोग गरिन्छ […]