काठमाडौँ । भारत र अमेरिकाबीच प्रस्तावित द्विपक्षीय व्यापार सम्झौता अन्तिम चरणमा पुगेको छ । दुवै देशले व्यापार, रक्षा, प्रविधि र ऊर्जा सुरक्षाका क्षेत्रमा सहकार्य विस्तार गर्दै सम्झौतालाई चाँडै टुङ्ग्याउने प्रतिबद्धता जनाएका छन् । भारतीय विदेशमन्त्री एस। जयशङ्कर र अमेरिकी विदेशमन्त्री मार्को रुबियोबीच भएको भेटवार्तामा द्विपक्षीय सम्बन्धका साथै क्षेत्रीय तथा विश्वव्यापी घटनाक्रमबारे छलफल भएको भारतीय विदेश […]