काठमाडौँ- युएनएफपिएको सहयोगमा नेपालमा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवालाई जलवायु–उत्थानशील बनाउने ‘मोडेल’ स्थापना भएको छ । जलवायुजन्य विपद्का समयमा पनि अग्रपङ्क्तिमा क्रियाशील स्वास्थ्य संस्थाहरूले जीवन रक्षाका क्षेत्रमा निरन्तर सेवा सञ्चालन गर्न सक्छन् भन्ने प्रमाणित गर्न रौतहट ‘मोडेल’ सफल भएको छ । रौतहट, ईशनाथ नगरपालिकास्थित औरैया प्रसूति केन्द्रमा आयोजित नीतिगत संवाद कार्यक्रमा सो मोडेलको मूल्याङ्कनसहित […]