नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ मा सरकारलाई ४२ अर्ब रुपैयाँ उपलब्ध गराउने भएको छ। राष्ट्र बैंकको वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै आइतबार प्रकाशित विवरणअनुसार केन्द्रीय बैंकको कुल सम्पत्ति तथा दायित्व २६ खर्ब २३ अर्ब ९५ करोड ४० लाख रुपैयाँ पुगेको छ। यो रकम अघिल्लो वर्षको तुलनामा २९.२३ प्रतिशतले वृद्धि भएको हो। प्रतिवेदनअनुसार, विदेशी विनिमय भण्डार, […]