कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली विकास र समृद्धिका लागि राजनीतिक तथा सामाजिक एकता आवश्यक रहेको बताएका छन् । आज सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुर्खेत जिल्ला कमिटीको आठौँ जिल्ला कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले कर्णाली पछाडि पर्नुको मुख्य कारण इच्छाशक्तिको कमी नभई एकतामा देखिएको कमजोरी भएको बताए । […]