काठमाडौँ । नेपाली काँग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दै छ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा पालिका अधिवेशन हुन लागेको हो । केही छिटपुट स्थानबाहेक देशभरका वडामा उत्साहजनक र शान्तिपूर्ण रूपमा नेतृत्व चयन सम्पन्न भइसकेको काँग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । बाढी पहिरोबाट प्रभावित नुवाकोट र धादिङका […]