आज महाअष्टमी: दुर्गा भवानीको विशेष आराधना, राति कालरात्रि पूजा गरिँदै

बडादसैँको आठौँ दिन आज महाअष्टमी पर्व दुर्गा भवानीको विशेष पूजा आराधना गरी मनाइँदै छ। आश्विन शुक्ल अष्टमीमा मनाइने यस पर्वमा महाकाली, महालक्ष्मी र महासरस्वतीको आराधना गर्ने परम्परा छ। आजै राति कालरात्रि पूजा गरिन्छ। महाअष्टमीमा घरका पूजाकोठा, दसैँघर, कोत तथा शक्तिपीठमा आआफ्नो परम्पराअनुसार पूजा गरिन्छ। दुर्गा सप्तशती अर्थात् चण्डी, श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गर्ने चलनसमेत […]