काठमाडौं– लुम्बिनी विकास कोषको उपाध्यक्षमा भएको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन भएको छ । कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्ति खारेज गर्नुपर्ने माग राख्दै लुम्बिनी विकास कोष तथा गुम्बा विकास समिति बचाउ संयुक्त संघर्ष समिति, तामाङ नागरिक समाज , गुम्बा विहार संरक्षण संघ र राष्ट्रिय जेन-जी नागरिक अभियानले सोमबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् । […]