‘निर्वाचन हुने/नहुने बहस अब निरर्थक’

काठमाडौँ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आवश्यक सम्पूर्ण तयारी भइरहेकाले अब प्रतिनिधिसभा सदस्य निर्वाचन हुने/नहुने भन्ने बहस निरर्थक हुने बताएका छन्। आगामी २१ फागुनका लागि तय गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूची पेसका विषयमा राजनीतिक दलका लागि निर्वाचन आयोगद्वारा आयोजित दुईदिने अभिमुखीकरणको समापनसत्रमा बुधबार उनले अहिलेको अवस्थामा निर्वाचन निर्विकल्प समाधान भएको बताए। […]