लालपुर्जा हातमा, जमिन बलानको भेलमा: नदी कटानले किसान भूमिहीन बन्ने चिन्तामा

सप्तरीको बलानबिहुल गाउँपालिका–४ का रामविलास यादवको हातमा एक बिघा जमिनको लालपुर्जा छ। कागजमा उहाँ अझै एक बिघा जमिनको मालिक हुनुहुन्छ, तर वर्षौँदेखि अन्न उब्जाउँदै आएको त्यो खेत अहिले बलान नदीको भेलमा हराइसकेको छ। गत भदौमा आएको बाढीले नदी किनारको खेतीयोग्य जमिन कटान गरेपछि यादव परिवारको जीविकोपार्जनको मुख्य आधार नै खोसिएको छ। उहाँका अनुसार सुरुमा तीन–चार […]