बैंकरहरूको सरकारलाई सुझाव : नीतिगत सहजीकरण र खराब कर्जा नीति पुनरावलोकन गरियोस्

वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूले अर्थतन्त्रलाई चलायमान बनाउन सरकार र नेपाल राष्ट्र बैंकबाट तत्काल नीतिगत सहजीकरण आवश्यक रहेको बताएका छन्। उनीहरूले लगानी विस्तार, निजी क्षेत्रको आत्मविश्वास अभिवृद्धि, खराब कर्जा व्यवस्थापन, गैरबैंकिङ सम्पत्ति (एनपीए) को समाधान तथा पूर्वाधार निर्माणमा सरकारी खर्च बढाउनुपर्नेमा जोड दिएका छन्। अर्थ मन्त्रालयले मंगलबार नयाँ बजेट कार्यान्वयन र वित्तीय बजारको अवस्थाबारे […]