काठमाडौँ । पछिल्लो २४ घण्टाको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ भने ३१३ जना घाइते भएका छन्। नेपाल प्रहरीले बिहीबार सार्वजनिक गरेको प्रदेशगत विवरणअनुसार पछिल्लो २४ घण्टा कोशी प्रदेशमा २ जना, गण्डकी प्रदेशमा १ जना, बागमती प्रदेशमा १ जना र काठमाडौँ उपत्यकामा १ जना गरी ५ जनाको मृत्यु भएको हो […]