काठमाडौँ । बडादसैँको मुख्य दिन विजयादशमीका अवसरमा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम सुरु भएसँगै काठमाडौँ उपत्यकामा सर्वसाधारणको चहलपहल बढेको छ । दसैँ मनाउन ठूलो सङ्ख्यामा सर्वसाधारण गाउँघर फर्किएपछि केही दिनदेखि सुनसान बनेका उपत्यकाका सडक तथा चोकहरूमा बुधबार दिउँसोदेखि आवागमन बाक्लिएको हो । बिहान घरघरमा देवीदेवता तथा कुलदेवताको पूजाआराधना गरी मान्यजनबाट टीका र […]