भद्रपुर– झापाको कनकाई नगरपालिका-९ घैलाडुब्बामा अज्ञात व्यक्तिले धानको दुई वटा कुन्यूमा आगो लगाउँदा करिब ९० मन धान र पराल पूर्ण रूपमा जलेर नष्ट भएको छ । घैलाडुब्बा पशुहाटबाट उत्तरतर्फ रहेको लोक बाह्रकोटीको १८ कट्ठा जग्गामा स्थानीय महबुब आलमले धानको कुन्यूमा गएराति आगजनी गरेका थिए । राति भएको घटनाबारे प्रहरीले आज बिहान मात्रै जानकारी पाएको थियो […]