काठमाडौँ। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना कार्यान्वयन एकाई प्रमुख विनेश मुनकर्मीविरूद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा मुनकर्मीविरुद्ध आज (मंगलबार) मुद्दा दायर गरेको हो। मुनकर्मीसँग अख्तियारले दुई करोड ५० लाख ३४ हजार ५१७ रुपैयाँ बिगो र सजाय माग दाबी लिइएको अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले बताए। […]