भन्सारका नाममा सर्वसाधारणको निजी सम्पत्ति खोस्ने काम रोक्न प्रभु साहको माग

काठमाडौँ। आम जनता पार्टीका अध्यक्ष प्रभु साहले भन्सार नियन्त्रणका नाममा सीमावर्ती क्षेत्रका सर्वसाधारणलाई दुःख दिने र घरायसी प्रयोजनका सामान खोस्ने काम भइरहेको आरोप लगाउँदै त्यस्तो व्यवहार रोक्न सरकारसँग माग गरेका छन्। आइतबार सुरु भएको पार्टीको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै साहले स्थलमार्ग र हवाईमार्गबाट सामान ल्याउने यात्रुप्रति फरक व्यवहार गरिएको दाबी गरेका छन्। भारतबाट […]