नेपालको डिजिटल भुक्तानी प्रणालीमा नयाँ आयाम थपिएको छ। अग्रणी पेमेन्ट सिस्टम अपरेटर फोनपेले आफ्नो क्यूआर स्किममा युनियनपे इन्टरनेशनललाई सफलतापूर्वक एकीकृत गर्दै “लाइभ” सञ्चालनमा ल्याएको घोषणा गरेको छ। यससँगै नेपाललाई अन्तर्राष्ट्रिय डिजिटल भुक्तानी गन्तव्यका रूपमा अझ मजबुत बनाउने अपेक्षा गरिएको छ। यो एकीकरणपछि चीनको मुख्यभूमि, हङकङ एसएआर, मकाउ एसएआर, सिंगापुरलगायत युनियनपे नेटवर्क प्रयोग गर्ने देशका ग्राहकहरूले […]