रुपन्देही– गैडहवा गाउँपालिका-४ स्थित गैडातालमा डुबेर सोही गाउँपालिका-१ असिधबा बस्ने १८ वर्षीय दिपेश थारू र १८ वर्षीय अरूण थारूको बुधबार दिउँसो मृत्यु भएको छ । यसैगरी रूपन्देही, कोटहीमाई गाउँपालिका-२ खडैया बस्ने ३२ वर्षीय अर्जुन लोधको सोही ठाउँस्थित नालामा डुबेर बुधबार दिउँसो मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।