काठमाडौँ। नेकपा एमालेले संसद्को दोस्रो अधिवेशनमा सरकारलाई संसद्प्रति उत्तरदायी बनाउन नसकिएको र विधायिकी काम पनि प्रभावकारी नभएको निष्कर्ष निकालेको छ। आइतबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकले आगामी अधिवेशनमा थप सशक्त भूमिका निर्वाह गर्ने गरी तयारी गर्ने निर्णय गरेको छ। प्रमुख सचेतक ऐनबहादुर महरका अनुसार बैठकमा हालै सम्पन्न दोस्रो अधिवेशनको समीक्षा गरिएको थियो। […]