बोगोटा – कोलम्बियामा विगत केही वर्षयताकै शक्तिशाली भूकम्प जाँदा कम्तीमा १३२ जनाको मृत्यु भएको छ। भूकम्पपछि सरकारले प्रभावित क्षेत्रमा संकटकालको घोषणा गरेको छ। कोलम्बियाको भौगर्भिक सेवाका अनुसार छोको प्रान्तलाई केन्द्रविन्दु बनाएर ७.४ म्याग्निच्युडको भूकम्प गएको हो। १०३ किलोमिटर गहिराइमा गएको उक्त भूकम्पको धक्का देशको पश्चिमी भूभागका सयौँ माइलसम्म महसुस गरिएको थियो। भूकम्पका कारण भत्किएका भवनमा […]