काठमाडौँ शिक्षालयको साइकल र्‍याली, दर्ता शुल्कको २५ प्रतिशत बाढीपीडितका लागि राहत कोषमा

काठमाडौँ शिक्षालय ललितपुरले संविधान दिवसको अवसरमा बाढीपहिरो प्रभावितलाई सहयोग तथा वातावरण संरक्षणसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले साइकल र्‍याली आयोजना गरेको छ। “बाढीपीडितका लागि साइकल र्‍याली, मानवताका लागि एकता” नारासहित आयोजित र्‍यालीमा ३०० भन्दा बढी साइकलप्रेमी सहभागी भएको विद्यालयले जनाएको छ। इमाडोलस्थित विद्यालय परिसरबाट सुरु भएको र्‍याली ग्वार्को, बालकुमारी, टिकाथली, बालकोट, लुभु, लामाटार र महालक्ष्मी नगरपालिकाका […]