इरान र अमेरिकाबीच शुक्रबार ओमानमा वार्ता हुने

काठमाडौं । इरानले शुक्रबार ओमानमा अमेरिकासँग आणविक वार्ता गर्ने इरानी सञ्चारमाध्यमले जनाएका छन्। तस्निम समाचार एजेन्सीले बताए अनुसार ‘इरान र संयुक्तराज्य अमेरिकाबीच अप्रत्यक्ष वार्ता शुक्रबार मस्कटमा हुने र वार्ता आणविक मुद्दा र इरानमाथिको प्रतिबन्ध फुकुवामा मात्र सीमित हुनेछ’। इरानी प्रतिनिधिमण्डलको नेतृत्व विदेशमन्त्री अब्बास अराघचीले गर्ने र इरानी प्रतिनिधिमण्डलमा वरिष्ठ कूटनीतिज्ञहरू माजिद तख्त–भाभान्ची र काजिम घारिबादी […]