नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आफ्नो पार्टीको प्रतिस्पर्धा कुनै दलसँग नभई देशका समस्या विरुद्ध रहेको बताएका छन्। सामाखुशीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले अतिवाद संस्थागत हुन नदिने स्पष्ट पारे। देश अहिले अतिवाद संस्थागत हुने वा नहुने दोसाँधमा रहेको उल्लेख गर्दै उनले कांग्रेस हरेक परिवर्तनका आन्दोलनमा नेतृत्वदायी भूमिकामा रहेको बताए। ‘कांग्रेस अधिकारका लागि लामो समयदेखि […]