सङ्खुवासभा – सङ्खुवासभा गोल्डकप फुटबल प्रतियोगितामा आयोजक जिल्लाका लोहरुङ क्लब पाङ्मा र सेकाहा सामुदायिक क्लब सेमिफाइनलमा प्रवेश गरेका छन् । आज सम्पन्न खेलमा लोहरुङले सिरहाको सलहेश युवा क्लबलाई ‘सडन डेथ’ मा पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो भने सेकाहाले झापा–११ लाई २–० गोलले हराएको छ । खाँदबारी नगरपालिका–३ मानेभञ्याङस्थित महेन्द्र माध्यमिक विद्यालयको खेल […]