थाई एशिया एयरले बैंकक–भैरहवा–बैंकक हवाई उडान सेवा आज (आइतबार)देखि पुनः सुरु गरेको छ। लामो समयको अन्तरालपछि पुनः सञ्चालनमा आएको यो उडानले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (GBIA) मार्फत भैरहवाको अन्तर्राष्ट्रिय उडान गतिविधि पुनः चहलपहल बनाएको छ। आइतबार दिउँसो १२:१५ बजे बैंककबाट १७ जना यात्रु लिएर आएको एशिया एयरको एयरबस ३२० विमान भैरहवामा अवतरण गरेको थियो। त्यस्तै, सोही […]